१५ चैत्र २०८०, बिहीबार

थपियो राप्रपा जिल्ला अधिवेशन को म्याद



काठमाडौं। जिल्ला अधिवेशन गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फेरि समय थप गरेको छ । राप्रपाले तोकिएको समयमा जिल्ला अधिवेशन गर्न नसकेपनि फेरि म्याद थप्ने निर्णय गरेको हो ।

पार्टी अध्यक्षहरु डा प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर राणा र कमल थापाको उपस्थितिमा बसेको केन्द्रीय बिशेष समितिको बैठकले जिल्ला अधिवेशन गर्ने म्याद कार्तिक १४ गतेसम्म थप गर्ने निर्णय गरेको छ । राप्रपाले असोज २० गतेसम्म जिल्ला अधिवेशन गर्ने म्याद पछिल्लो समय थप गरेको थियो । तर सो अवधिमा ५२ जिल्लाको मात्रै अधिवेशन सम्पन्न भएको छ ।

कार्तिक ११ देखि १७ गतेसम्म र ७ वटै प्रदेश कार्य समितिको अधिवेशन गर्न कार्तिक २३ गतेसम्म समय थप गर्ने निर्णय पनि बैठकले गरेको छ । राप्रपाको कार्तिक २७, २८, २९ र ३० गते काठमाडौंमा महाधिवेशन तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !