१३ बैशाख २०८१, बिहीबार

साँझको फ्लाइटमा अमेरिका जान लागेकि अनिताले गरिन् आत्महत्या



एजेन्सी। गत बुधबार (असोज २०) बिहान करिब साढे ७ बजेतिर बाबु रामचन्द्रसँ केही समय भेट्दा ‘दिउँसो घर आएर नै कुरा गर्छु है बुबा’ अनिता रेग्मीले भनेकी थिइन्। २० मिनेटजति मोटरसाइकलको यात्रा गरेर बाबुले बुटवल उपमहानगरपालिका १३ स्थित ढावहलवामा छोरी अनिताको घर नजिकै पुगेर साँचो दिए। तर, उनी छोरीको घरमा भने गएनन्। छोरीसँग दिउँसो भेट्ने आशामा उनी त्यहीबाटै फर्किए।

दिउँसो छोरीसँग भेटघाट हुनेमा विश्वस्त थिए, उनी। शुक्रबार आज बिहान साढे ८ बजे काठमाडौंबाट २६ वर्षीय अनिता रेग्मीको अमेरिका यात्रा हुँदै थियो। धेरैको सपनाको शहर मानिने अमेरिका जान अनिता पनि उत्सुक नै थिइन्। त्यसैले उनी बिहीबार हिजो नै बुटवल छोड्दै थिइन्।

कति वर्षपछि आमाबुबासँग भेट्ने हो, टुङ्गो थिएन। त्यसैले अन्तिम पटक आमाबुबा, दाइभाउजूलाई भेटेर बिदा माग्न माइतीघर आउने योजना सुनाएकी थिइन्, अनिताले।

भेट्दा बुबासँग मात्र होइन, भिडियो च्याटमा आमा, दाइ र भाउजूसँग कुरा भइरहेको थियो। बिहान ११:४५ मिनेटदेखि ११:५५ मिनेटसम्म अर्थात् १० मिनेटसम्म कुरा भएको बाबु रामचन्द्रले अझै सम्झिरहेका छन्।

समय बित्दै भयो। माइती परिवार छोरीको प्रतिक्षामा बसिरहेका थिए। तर सोचेकोजस्तो भएन। छोरी भन्दा पहिले उनको घरबाट भाउजूको नम्बरमा १:४७ मिनेटमा एउटा कल आयो। जुन खबरले माइती परिवारको एकाएक खुशी लुट्यो। अघिसम्म फोनमा खुशी भएर बोलिरहेकी छोरी मरेको खबर आयो। ‘तपाइको छोरीले झुन्डिर आत्महत्या गरिन् भनेर फोन आएको थियो। एकछिन पत्याउन नै गाह्रो। होसहवास नै गुम्यो,’ बाबु रामचन्द्रले भने।

तीन वर्षअघि अनिताको घर निजकै मागी बिवाह भएको थियो। डीभी परेर अमेरिका गएको केटासँग छुट्टीमा आएका बेला अनितासँग विवाह भएको थियो। शनिबार अनिता पनि त्यही डीभी प्रकृियामार्फत् नै अमेरिका जान लागेकी थिइन्। तर छोरीको मृत्युको खबरले रेग्मी परिवार अचानक शोकाकुल बन्न पुग्ए। हतारिदै माइती परिवार छोरी अनिताकै घरमा पुगे।

घर पुग्दा फोनमा भनेझैं छोरी कोठाभित्र पंखामा सलको पासो बनाएर झुन्डिएको अबस्थामा भेटिइन्। दिउँसो घरमै सासु, देवर र अर्को एक जना सदस्य हुँदा नै अनिताले ढोका खुल्लै पारेर झून्डिएकी थिइन्। शनिबार अमेरिका उड्न लागेकी छोरी यसरी झुन्डिनुको कार’ण माइती परिवारले अझै भेटाउन सकेका छैनन्। केही समयसघि सम्म हाँसेर बोलेकी दिदि यसरी झुन्डिँदा दाई महेश पनि अ’नुत्त’रित बनिरहेका छन्।

‘किन यसरी झुन्डिनुपर्यो, यो कुनै हत्या वा आमत्महत्या गर्न प्रेरि’त गरेको जस्तो लाग्छ,’ दाइ महेशले भने। घटना हुँदा अनिताका घरमा श्रीमान्, ससुरा र एक जना देवर भने थिएनन्। प्रहरीले शवको पोष्टमार्टको लागि लुम्बिनी प्रदेशिक अस्पताल लगेको छ। परिवारले घटनामा निष्पक्ष छानविन नभएसम्म शव नबुझ्ने अडान लिएका छन्। प्रहरीमा निष्पक्ष छानविनको लागि उजुरी समेत दिएका छन्।



प्रतिक्रिया दिनुहोस !