१३ बैशाख २०८१, बिहीबार

सुकुम्बासी समस्या समाधान गर्न लागी परे बाबुराम भट्टराई



काठमाडौं। पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् ।

चितवनमा पत्रकारसँग सोमबार कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी तिनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताएका हुन् । सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आएको हो ।

आइतवार बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए । वास्तविक सुकुम्बासी पहिचान गरौं, तितरबितर पार्नु समस्याको समाधान होइन भन्नु उनको भनाई छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने बताए । ‘अहिलेको सरकारको गतिविधि पहिलाको भन्दा फरक भएन भने जनतामा निराशा आउँछ,’ उनले भने ।

प्रतिगमनविरुद्ध संघर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उनको भनाइ थियो । ‘गठबन्धनको मात्रै होइन लोकतन्त्रमा पूरा कार्यकाल व्यवस्थापिकाले पूरा गरेन भने त्यसले राम्रो सन्देश दिँदैन,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस !