१५ चैत्र २०८०, बिहीबार

डोबाटे विश्वकर्मा मन्त्री नियुक्त, अपरान्ह ५ बजे शपथको तयारी



काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्रीले थप मन्त्रिपरिषद् विस्तार गरेका छन् । जसमा सांसद डोबाटे विश्वकर्मा विनाविभागीय मन्त्री नियुक्त भएका छन् । डोबाटेलाई अपरान्ह ५ बजे शपथ गराउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघिको मन्त्रिपरिषद् विस्तारका बेला पनि उनलाई मन्त्री बनाउने तयारी थियो । तर, अन्तिममा उनको नाम काटिएपछि दलित भएकै कारण मन्त्री नबनाएको भन्दै तीव्र आलोचना भएको थियो ।

अहिले डोबाटे मन्त्री नियुक्त भएसँगै गण्डकी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !