७ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभामा एमालेको आपत्ति, यस्तो छ कारण



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै राष्ट्रियसभामा आपत्ति जनाएको छ । प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकको हत्या गरेर सरकारले दसैँका बेला सुकुम्बासीका लागि दशा तिम्त्याएको आरोप लगाएका छन् ।

‘चार जना सुकुम्बासीको हत्या गर्ने काम भयो, अरुका लागि दसैँ आएको छ तर सुकुम्बासीका परिवारका लागि दशा बनेर आयो । घटनाको छानविनमा सरकारले तत्परता नदेखाएको पछि घाइतेको उपचार र मृतकलाई क्षतिपूर्ति दिने काममा अलमलमा छ ।

भट्टराईले गृहमन्त्रीमाथि नैतिकता प्रश्न उठेको समेत टिप्पणी गरे । उनले भने, ‘गृहमन्त्रीको नैतिकतामाथि प्रश्न उठ्यो । उहाँ आफ्नै जिल्लामा शान्ति कायम गर्न सक्षम हुनहुन्न भने देशभर के गर्नुहोला ?’

 

 

 



प्रतिक्रिया दिनुहोस !