१४ बैशाख २०८१, शुक्रबार

पानीमा डुबेर एक बालकको मृत्यु



काठमाडौं। दाङमा पानीमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

दाङ जिल्लाको गढवा गाउँपालिका–७ चन्दनपुर बस्ने रूपलाल नेपालीका छोरा ४ वर्षीय स्वरुप नेपालीको मृत्यु भएको हो । आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा गुरुङ खोलामा डुबेर बालकको मुत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका स्वरुपको उपचारको लागि लमही अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !