७ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित



काठमाडौं। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक कात्तिक ९ गते अर्थात दुई साता पछि बस्ने जानकारी दिएका हुन् ।

मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ भने राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको रेल्वे विधेयक, २०६७ फिर्ता लिने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

सोमबारको बैठकमा राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको थियो ।



प्रतिक्रिया दिनुहोस !