१४ बैशाख २०८१, शुक्रबार

धादिङ सल्यानटारमा घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी, फिर्ता गरेमा उचित इनाम दिने



 

धादिङ । धादिङ सल्यानटारमा आफ्नै घरको कम्पाउण्डभित्र लक गरेर राखेको मोटरसाइकल चोरी भएको छ । सल्यानटारस्थित माझगाउँका रामहरी भट्टराईको घरबाट २२० सीसीको ‘रातो प्लस कालो’ पल्सर बाइक चोरी भएको हो ।

शनिबार राति १० बजेपछि उक्त बाइक चोरी भएको रामहरी भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार शनिबार राति दश बजेपछि बाबु-छोरा घर आएर बाइक राखेको तर, बिहान उठेर कार्यालय जान खोज्दा नभेटिएको बताए । बुवा र श्रीमतीले भने राती उठेर हेर्दा नै बाइक नदेखिएको बताएका छन् । उनिहरुले अरु कसैलाई दिएको भन्ने सोचेर केही नभनि बस्नु भएको रहेछ ।

घटनापछि बिहान ९ बजेतिर प्रहरी चौकी सल्यानटारमा उजुरी गरिए पनि अहिलेसम्म कुनै खबर नआएको भट्टराईले बताए । बाइक चोरीपछि सामाजिक सञ्जालमार्फत् भट्टराईले सम्पूर्ण जिल्लाबासीलगायत सबैमा खोजेर सहयोग गरिदिन अनुरोध समेत गरेका छन्। साथै, लैजानेले एउटा नराम्रो सपना र अब्यवहारिक अभ्यास सम्झेर फिर्ता गरेमा उचित इनाम दिइने पनि भट्टराईको बताए ।

 



प्रतिक्रिया दिनुहोस !