९ कार्तिक २०७८, मंगलवार

अज्ञात दशै !



होबार्ट, अस्ट्रेलिया ।

बाहिरी वातावरण चिसो नै भएपनि केहि समयदेखि झ्यालको सिसा नाघि लगातार मलाई गिज्याइरहेको शुर्यका किरणले मेरो मिठो सपनालाई पगालिरहेकोथियो बिहानिको सुरुवात मोबाईलसग साक्षात्कार गर्दै मेरो जिवनको एक अहम पात्रलाई खोज्न मेरा आखाहरु दौडन्छन धमिलो संसार एकाएक प्रष्ट हुनथाल्छ दृष्टिलाई प्रष्ट बनाए जस्तै मन मस्तिष्क लाई पनि प्रष्ट बनाउने चस्मा भैदिएको भए सायद मनभित्र गुम्सिएर बसेका भावनाहरुको बास्तबिकता, बैधता  औचित्यता मा प्रकाश पर्ने थियो होला।

कोठाको हालत हेर्दा लाग्छ धेरै समयदेखि कुनै मानिसको उपस्थिति छैन यहा एउटा कुनामा रहेको जेब्रा झोला,जसको आकार असामान्य भैसकेको आफुभित्र निसास्सिएर रहेका कपडाहरुलाई चाडै बाह्य संसार देखाउनेछ भन्ने आशाले हमेसा मलाई हेरिरहन्छ तर त्यसलाई के थाहा, त्यसलाई हेर्न प्रयोगगर्न मात्र सक्छु,ब्यबस्थापन गर्न सक्ने सामर्थ्य छैन भनेर त्यो आकार बिहिन भैसकेको झोलामा पनि जिवन हुन्थ्यो भने छेवैमा रहेको अग्लो, सर्लक्क ज्यान परेको सुटकेशलाई देखेर कति इर्श्या गर्दो हो अनि भुईमा बेवारिसे अवस्थामा रहेको ल्यापटप मसग चार्जको भिख मागिरहेको हुन्छ मेरो आखामा हेर्दै त्यसले पनि बुझ्दछ – “आफ्नै चार्ज सकिएर पल्टिएको मानिसले मलाई कसरि उर्जा देला ?”  डस्टबिनबाट टाउको निकाल्दै मुस्कुराईरहेको बियरको बोतलहरु छुट्टै नशामा छन, आधा उमेरमा नै एशट्रेमा घाटि थिचेर  मारिएका चुरोटहरु सग रुष्ट छन।

दाह्रीको बोझले असह्य भएर कानको छेवैमा गएर चिच्याउदा पनि त्यो गालाको मर्महरु  सुन्न नसक्ने , मेरो परिसरमा रहेका निर्जीव बस्तुहरुको पिडा कसरि सुन्नसक्छु ?

मोबाईलको घण्टिले एकाएक मेरो ध्यान त्यतै तिर मोडिन्छ घरबाट म्यासेज आएको रहेछ लेखिएको थियो – ” आज अष्टमी, घरमा खसि काट्न लागेको कता कता खुशि लाग्योदशै आईसकेछ, अनि कता कता नरमाईलो पनि लाग्योघरमा नै खसि काट्न लागेछन। खसिको मासु नखाने भएतापनि त्यसकोआन्द्राभुडि पखाल्न पर्नुको पिडा अहिले सम्झदा रमाईलो लाग्छ

गर्मियामलाई बिदाई गर्दै भित्रीएको चाडबाडमा, हरियो दुबोले ढाकेको बाटोमा सितल मन्द हावाको साथमा साझको बेला खालि खुट्टा हिड्दै हरेक घरबाट निस्कने बिभिन्न परिकारहरुको बास्ना लिनु बास्तबमै एक चरम सन्तुष्टिको माध्यम हुने गर्दथ्यो।सारा गाउ नै मिलेर चाडबाड मनाउने गर्दथ्यौ। दशै लगत्तै तिहारको स्वागतमा फेरि दिन गन्न सुरु हुन्थ्यो गाउबाट किनमेलको लागि बजार छिर्दा लाग्थ्यो त्यहा कुनै मेला चलिरहेको थरिथरिका बत्तिहरुले सुसज्जित चम्किलो सहरको अंगालोमा बेरिएर घण्टौ सम्म बसिरहु।

आगनमा  देउसीभैलोको आगमन, मध्यरात सम्म साथिहरुसग हरेक गल्लि गल्लिमा बिना  उद्देश्य हिड्नु, लुकि लुकि पटका पड्काउनु, बिहान बजे उठेर अगेनोको छेवैमा बसेर सेलरोटि को प्रतिक्षा गर्नु, १०/२० रुपिया जम्मा पारेर रातभर तास खेल्नुयसलाई जिवनको सबैभन्दा खुशिको क्षण भनेर नकार्न कसैले सक्दैन। अझ गोबर्धन पुजाको दिन अरुले गाई/गोरुको पुजा गर्दैगर्दा खोरमा रहेका बाख्राहरुको निधार रातै हुने गरि टिका लगाईदिएर गोठमा घण्टौ समय बिताउदा एक अलग आनन्द महसुस हुन्थ्यो।

तर हरियो दुबोले ढाकेको बाटोहरु पिच भए, हरियालि देख्नलाई टाढा टाढाको खेतहरुमा पुग्नु पर्ने भयो, सहरको अनाबश्यक झिलिमिलि ध्वनिले असह्य हुन थालिसकेको थियो, जुन साथिभाईका साथ चाडबाड  हर्षोल्लासका साथ बित्ने गर्दथ्यो तिनिहरु सबै बिदेश तथा स्वदेशका बिभिन्न ठाउहरुमा पलाएन हुन थाले , हरेक घरबाट निस्कने बास्नाहरु घरभित्रनै सिमित हुन थाल्यो , देउसीभैलोको  प्रतिक्षामा आगन खालि हुन थाल्यो

चाडबाड पहिलेको जस्तो रहेन। दशैदशै जस्तै रहेन ।अनि पनि यि तमाम परिबर्तनहरुलाई आत्मसाथ गर्दै बिदेशिए।

मस्तिस्कको एउटा अध्यारो कोठामा गुम्सिएर रहेका यि सारा यादहरु घरबाट आएको त्यो म्यासेज पश्चात सिनेमा हलको पर्दामा जसरि मेरो आखा अगाडि चल्नथाल्यो। जसको प्रतिक्षा सालभरि गर्दथे आज त्यहि दशै मलाइ किन याद भएन? याद आईसकेपछि पनि किन मनमा उमंग छाउन सकेको छैन? खाटबाट ओर्लिएर हातमुख धुन पनि किन मनले अटेरि गरिरहेको ?

के यो झोलामा कोचिएका लत्ताकपडा जस्तै भए यो कोठा भित्र?

के यो ल्याप्टप जस्तै उर्जाको अभाबमा मेरो सरिर पल्टिरहेको ?

भिजाको मागअनुरुप सहरहरु परिबर्तन गर्दागर्दै बाह्य रुपबाट थकित भित्रभित्रै निर्बल भैसकेको यो शरिरले  चाडबाड लाई याद गर्न भुलिसकेको रहेछ।अनि चाडबाडमा परिवार, साथिभाई, आफन्त, गाउघर को याद आउनुको सट्टा कतै अरुनै चिजको यादले मलाई यो अबस्थामा पुर्याएको होईन? ” – सोच्न बाध्य हुन्छु।

मेरो निधारमा टिका हुन्छ वा हुदैन त्यो थाहा छैन तर त्यो आकार बिग्रिएको जेब्रा झोला, कयौ दिनदेखिको  उर्जा बिहिन ल्यापटप, अब्यबस्थित कोठा, दाह्रीको भारले चिच्याउदा चिच्याउदै थाकिसकेको गाला, बियरका बोतलहरु जवानिमा नै ज्यान गुमाएका  चुरोटको ठिटाहरुसबैलाई दशै लाग्नेछ



प्रतिक्रिया दिनुहोस !