१२ बैशाख २०८१, बुधबार

कात्तिक ६ गते देशैभर एमालेकोे वडा अधिवेशन



काठमाडौं। नेकपा एमालेले पार्टीको वडा कमिटीहरुको अधिवेशन यही कात्तिक ६ गते गर्ने भएको छ । देशैभरका वडाहरुमा एकैदिन अधिवेशन गर्ने पार्टीले जनाएको छ । हाल देशभर देशका ६ हजार ७४३ वडा रहेका छन् ।

वडा अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा गर्ने बताइएका छन् । त्यसलगत्तै कात्तिक ९ गते पालिका ९स्थानीय तह०हरुमा पनि अधिवेशन गर्ने तयारी रहेको जनाइएको छ । हाल मुलुकभर ७५३ स्थानीय तह रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !