१६ चैत्र २०८०, शुक्रबार

प्रत्येक दुई वर्षको अन्तरमा विश्वकप आयोजना



एजेन्सी। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले हरेक दुई बर्षमा विश्वकप आयोजना गर्ने योजना बनाएका छन।

फिफाका सदस्यहरुले आगामी डिसेम्बरमा सो प्रस्ताबमा मतदान गर्दैछन। यदि मतदानबाट प्रस्ताव अनुमोदित भयो भने अन्तर्राष्ट्रिय क्यालेन्डर २०२५ को रूपमा चाँडै लागू गर्न सकिने सम्बन्धित अधिकारीहरुले जनाएका छन।

भेनेजुएलाको राजधानी काराकासमा आयोजित एक कार्यक्रममा फिफा अध्यक्ष इन्फान्टिनोले फिफाको काम लगातार विश्वमा फुटबललाई कसरी सुधार गर्न सकिन्छ भन्ने बारे सोच्नु भएको प्रष्ट पारेका छन।

फिफा अध्यक्ष इन्फान्टिनोले १ सय वर्ष अघि फिफामा ४० देश सदस्य हुँदा हरेक चार बर्षमा विश्वकप आयोजना गर्ने निर्णय गरिएको बताउँदै अब यो मुद्दाको पुनस् विश्लेषण गर्ने समय भएको धारणा ‌प्रकट गरे।

दक्षिण अमेरिकी फुटबल महासंघ र युरोपेली फुटबल महासंघले क व्दिवार्षिक विश्वकप सम्बन्धि धारणाको विरोध जनाएका छन्। कन्फेडरेशन अफ नर्थ, सेन्ट्रल अमेरिका र क्यारेबियन एसोसिएसन फुटबल र एसियन फुटबल कन्फेडेरेसनले भने सो प्रस्तावमा छलफल गर्न तयार भएको धारणा सार्वजनिक गरेका छन।



प्रतिक्रिया दिनुहोस !