११ बैशाख २०८१, मंगलवार

विराटनगर विमानस्थलमा पस्यो, बाढि



विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढीका कारण विराटनगर महानगरपालिका जलमग्न भएको छ । वर्षाका कारण विराटनगरका १९ वडा जलमग्न भएको हो ।

केसलीया र सिंघिया खोलामा आएको बाढीले विराटनगरका पश्चिम दक्षीण क्षेत्र बढी डुबानमा परेका छन् ।

विराटनगर ९ र १० बाहेक अन्य वडा जलमग्न छन् । १९ वडामध्ये विराटनगर १,२,३,४,६,१२, १६ नम्बर वडा बढी प्रभावित भएको छ । मंगलबार राति विराटनगर १ बाट ६ जना र बुधबार बिहान ६ जनाको उद्धार गरिएको थियो । बाढीबाट विस्तापित भएकाहरूको विवरण संकलन भइरहेको छ ।

विराटनगर, कटहरी, उर्लाबारी, लेटाङ, रतुवामाई, सुनबर्सी नगरका खोला किनारका बस्तीमा बाढी पसेको हो। केसलीया खोलामा आएको बाढी बस्ता खोला हुँदै विराटनगर विमानस्थलमा पसेपछि उडान रद्द भएको हो । बाढीका कारण विराटनगर विमानस्थल जलमग्न छ ।

बाढीका कारण विमानस्थलको रनवे, ट्याक्सी वे, टर्मिनल भवन, क्वाटरमा पानी जमेको हुदाँ विमानस्थलमा उडान रद्द भएको हो । बाढीका कारण उडान तत्काल खुल्न सक्ने अवस्था छैन । बाढी पसेपछि बुद्ध र यती एअरले सू जारी गर्दै काठमाडौं(विराटनगरका लागि आज निर्धारित सबै उडानहरु रद्द गरेको जानकारी प्राप्त भएको छ।

विमानस्थलमा श्री एयरलाइन्स र बुद्ध एयरको दुई वटा विमान पार्किङ एरियामा रोकिएका छन् । विमान मंगलबार विराटनगर आएको थियो । बाढी पसेपछि विमान उड्नसक्ने अवस्थामा छैन । २०७४ साल साउनमा आएको बाढीबाट पनि विमानस्थल डुबानमा परेको थियो ।



प्रतिक्रिया दिनुहोस !