१६ चैत्र २०८०, शुक्रबार

घर पहिरोले पुरिँदा छ जनाको मृत्यु



काठमाडौं। धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ ।

राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले घरमा पुर्दा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको हो । घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लिला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भयो ।

सो पहिरोमा परि घाइतेहरुलाई हेलिकोप्टरको साहायताबाट उद्धार गरी उपचारका लागि उनीहरुलाई लैजाने तयारी भइहेको छ ।



प्रतिक्रिया दिनुहोस !