११ बैशाख २०८१, मंगलवार

मध्यपहाडी राजमार्ग अवरूद्ध



काठमाडौं। मध्य पहाडी राजमार्गको सिन्धुली खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

गोलन्जोर गाउँपालिका–६ हैबारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएका छन । विभिन्न निकायसँग समन्वय गरेर सडक पुनःसञ्चालन गर्न प्रयत्न भइरहेको उनको भनाइ रहेको छ ।

सडक मङ्गलबारदेखि अवरुद्ध भए पनि सडक सञ्चालन नहुँदा सवारी साधन तथा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । पूर्वी पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुरलगायतका जिल्लाबाट दसैँ सकेर राजधानी फर्केका तथा दसैंको अन्तिममा आफन्तजनकोमा आशीर्वाद थाप्न हिँडेका यात्री वर्षाका कारण बीच बाटोमै अलपत्र परेका छन् ।

दशैँका बेला मान्यजनको हातबाट टीका थाप्न हिँडेका बीच बाटोमा नै अलपत्र परेकाले सडक सुचारु गर्ने प्रयास भने जारी रहेको छ । मध्यपहाडी खुर्कोट–घुर्मी खण्डमा गएका आधा दर्जन बढी पहिरोका कारण यात्रा अनिश्चित बनेको स्थानीयले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस !