११ बैशाख २०८१, मंगलवार

लागु औषधसहित मकवानपुरमा २ जना पक्राउ



काठमाडौं । प्रहरीले मकवानपुरबाट ५ किलो ३०० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका(५का ४८ वर्षीय प्रेमबहादुर प्रजा र सोही गाउँपालिकाका २२ वर्षीय रविन्द्र प्रजा रहेका छन् । उनीहरुलाई कात्तिक २ गते बिहान ८ बजेको समयमा ईलाका प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।

हेटौडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नं। को माईक्रो बसलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार उनीहरुको साथबाट लागुऔषध गाँजा ५ किलो ३०० ग्राम बरामद गरिएको छ । पक्राउ गरेका व्यक्तिहरुmई थप अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरकामा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !