१३ बैशाख २०८१, बिहीबार

बाढी प्रभावित क्षेत्रको भ्रमणमा गर्न प्रधानमन्त्री देउवा पुगे कैलाली र बर्दिया



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाको बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षण गर्दैछन् ।

प्राकृतिक प्रकोपबाट भएको क्षतिको निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार कैलाली र बर्दियाका प्रभावित क्षेत्रको भ्रमण गर्ने र पीडितलाई भेट्ने हुन् ।

उनले बिहीबार डोटी, बैतडी, बझाङ र डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका थिए । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीले शुक्रबार कैलाली र बर्दियाको निरीक्षण भ्रमण गर्नेछन् ।

निरीक्षण सकेर प्रधानमन्त्री देउवा नेतृत्वको टोली दिउँसो ४ बजे काठमाडौं फर्किने कार्यक्रम छ ।

 



प्रतिक्रिया दिनुहोस !