४ बैशाख २०८१, मंगलवार

भौतिक रुपमा पठनपाठन गर्न पाउँदा विद्यार्थी फुरुङ्ग



काठमाडौं। कोभिड–१९ जोखिमका कारण बन्द रहेका विद्यालय बिहीबारदेखि सञ्चालनमा आएका छन् भने विद्यार्थी पनि लामो समयपछि विद्यालय आउन पाउँदा रमाएका छन्।

बाफलस्थित ज्ञानोदय माविमा कक्षा ११ मा पढ्दै गरेका सिभिल इन्जिनियरिङतर्फका विद्यार्थीले विद्यालयमा ल्यापटपमै प्राक्टिकल गरी अध्ययन गर्न पाउँदा सिकेको विषय राम्ररी बुझेको अनुभव गरेका छन्।

अनलाइनबाट गणित अध्ययन गर्दा मैले प्राक्टिकल गर्न पाएका थिएनन्। विषयवस्तु बुझ्नै समस्या थियो । विद्यालयमै आएर ल्याबमा बसेर साथीहरूसँग ल्यापटपमा एक्सेलमा प्राक्टिकल गर्दा विषयवस्तु राम्ररी बुझेका छन् विद्यार्थीले। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै विद्यालयमा उपस्थित भएर अध्ययन गर्न पाउँदा निकै रमाएका छन् विद्यार्थी ।

ज्ञानोदयका प्रधानाध्यापक नातिकाजी महर्जनले विद्यालयमा साना नानीहरूलाई विशेष ख्याल गर्ने व्यवस्था गरेको बताए। बालबालिका नै रोगको वाहक भएकाले सुरक्षित बन्न विद्यालयले विद्यार्थीलाई विशेष गरी मास्क नसाट्न सचेत गराएको छ ।



प्रतिक्रिया दिनुहोस !