११ बैशाख २०८१, मंगलवार

विवाहको सिजन आउँदैछ,कसरी गर्ने त हनिमुनको तयारी ?



एजेन्सी। बिवाहपछि कहाँ हनिमुन मनाउने, कसरी मनाउने ? नव,दम्पतीका लागि कौतुलहलताको बिषय बन्छ । किनभने पती,पत्नीका निम्ती यो स्मरणिय अनुभव संगाल्ने एउटा अवसर हो, जो फेरी कहिल्यै मिल्दैन । त्यसैले हनिमुनका लागि यस्तो तयारी आवश्यक हुन्छ, जसले पछि कुनै गुनासो नरहोस् । बैवाहिक झमेला, तनाव, धपेडी सबैलाई भुलेर उन्मुक्त रमाइलो गर्नका लागि हनिमुनको योजना बनाउन सकिन्छ । यसले दुबैको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत मिल्छ । यद्यपी हनिमुनअघि केहि द्विविधा हुन्छ, कहाँ जाने, के गर्ने ?

#बिवाहअघि नै तयारी गरौं :

बिवाहपछि हनिमुन बुकिङ लगायत अन्य झन्झटबाट मुक्त हुने राम्रो तरिका हो, बिवाहअघि नै हनिमुनको बन्दोबस्ती मिलाउने । यसले गर्दा पछि अनावश्यक झै,झमेला सहनुपर्दैन । हनिमुन नव,बिवाहित जोडीका लागि एक खास यात्रा हो, त्यसैले यसका निम्ति परिवारले उनीहरुमाथि कुनै बाधा खडा गरिदिनु हुँदैन ।

#पार्टनरलाई रुची र अरुचीका कुरा बुझौं :

बिवाहपछि त पार्टनरले के मन पराउँछ, के मन पराउँदैन भन्ने कुरा बुझ्नुपर्ने नै हुन्छ । यसको पूर्व अभ्यास हनिमुनमा गर्न सकिन्छ । हनिमुनको समयमा आफ्नो पार्टनरले कस्तो स्थान मन पराउँछन्, कस्तो पहिरन रुचाउँछन्, कस्तो खानेकुरा स्वादिलो मान्छन् भन्ने कुरा बुझ्नुपर्छ । यसले एकअर्काको रुची बुझ्ने मौका समेत दिन्छ ।

#सरप्राइजको तयारी गरौं :

हनिमुनलाई स्मरणिय बनाउन केहि नयाँ तौर तरिका अपनाउन सकिन्छ । चाहे, उनलाई उपहार दिएर हुन्छ वा क्यान्डिल लाइटमा डिनर गराएर, पार्टनरलाई ‘स्पेशल फिल’ गराएरहोस् ।

#केहि सतर्कताहरु :

1.आफुले छनौट गरेको हनिमुन डेस्टिनेशन अनुसार पहिरनको जोहो गर्नुपर्छ । 
2.यसका साथै केहि छुटै पहिरन पनि बोक्न सकिन्छ, जसले रोमान्टिक महसुष गराउँछ । 
3.हनिमुन डेस्टिनेशनको हावापानीबारे ख्याल राख्नैपर्छ ।
4.यस्तो ठाँउलाई गन्तव्य बनाउनु हुँदैन, जहाँ मौसमको कारण बाधा उत्पन्न हुन्छ ।
5.सौन्दर्य प्रसाधनको लागि छुटै व्यवस्था गर्नुपर्छ । साथै मेडिकल किट पनि लान भुल्नु हुँदैन ।
6.सकेसम्म एटिएम कार्ड प्रयोग गरौं । 
7.यात्रा थाल्नुअघि नै आफु पुग्ने स्थानको होटल बुक गराउनुपर्छ । यदि कुरा याद राखेमा हनिमुन असाध्यै राम्रो हुनेछ ।



प्रतिक्रिया दिनुहोस !