१५ चैत्र २०८०, बिहीबार

सुर्खेतमा बम विस्फोट



काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, कटकुवा सामुदायिक वनमा बम विस्फोट भएको छ । आज (शनिबार) बिहान करिब ११ बजे भएको बम विस्फोटमा परि दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा दैलेख गुराँस गाउँपालिका–६ की २१ वर्षीया लीला नेपाली र उनका भाइ १४ वर्षीय नरेश परियार रहेको जनाइएको छ । उनीहरू जंगल घाँस काट्न गएको थिए सो समयमा बम बिस्फोटन भएको थियो ।

घाइतेहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उक्त घटना बार अनुसन्धान भइरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !