१२ बैशाख २०८१, बुधबार

फेरि, यात्रु बोकेर गुडिरहेको बसमा अचानक आगलागी



धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेको बसमा आज बिहान आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय गजुरीले जानकारी दियो ।

करिब ३६ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेका छन् । बसमा रहेको सामान भने सबै जलेर नष्ट भएको छ । यात्रुहरू भाग्यले बाँचेको र यत्रो आगलागीमा कसैलाइ केही हुन नपाएको एक यात्रुले बताए ।

धादिङ प्रहरीका अनुसार बसको इन्जिनबाट धुँवा निस्किने बित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको जनाएको छ । बस जलेपछि राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।



प्रतिक्रिया दिनुहोस !