१५ चैत्र २०८०, बिहीबार

प्रदेश नं. १ को प्रदेशसभाको बैठक स्थगित



विराटनगर । प्रदेश नं. १ प्रदेशसभाको बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)ले आजका लागि तय गरेको बैठक स्थगित गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए । सोही कारण बैठक सारिएको जनाइएको छ ।

प्रदेशसभा सचिवालयले सूचना टाँस गरी बैठक स्थगित गराएको हो । आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची थियो । बैठक कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्ने तय गरिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !