११ बैशाख २०८१, मंगलवार

बैठकअघि नै मन्त्रीहरूसँग छलफल गर्दै प्रधानमन्त्री देउवा, यस्तो छ कारण



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह चार बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिनेछ ।

मन्त्रिपरिषद्‌ बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छलफल गर्दै छन्। प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग बालुवाटारमा छलफल गर्न लागेका हुन्।

पछिल्लो समय बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएपछि त्यसबारेमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग छलफल गर्न लागेका हुन्। छलफलपछि दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद्‌ बैठकमा प्रस्ताव लैजाने तयारी रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !