१६ चैत्र २०८०, शुक्रबार

पत्रकार किसन राईको मृत्यु



काठमाडौं। भिरबाट लडेर घाईते भएका पत्रकार किसन राईको मृत्यु भएको छ । राई दुई दशकदेखि हङकङमा रहेर पत्रकारिता गर्दै आएका थिए ।

पुर्खौली घर ओखलढुङ्गाबाट धरान आउने क्रममा खोटाङ, दिक्तेल मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडास्थित पंखु खोलामा आइतबार साँझ भिरबाट लडेका थिए । उनी गाडी रोकेर दिसापिसाब गर्ने क्रममा भिरबाट लडेका थिए ।

पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन् । राई हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिक तथा एभरेष्ट खबर डटकमका प्रकाशक तथा सम्पादक हुन् । त्यसैगरी उनी नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !