११ बैशाख २०८१, मंगलवार

गैंडाको खाग विक्रीवितरण गरेको आरोपमा दुई जना पक्राउ



भरतपुर । गैँडाको खाग बिक्रीवितरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तु गैँडाको खाग अवैध रुपमा विक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको विशेष प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं ९ गैरीगाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकोशी गाउँपालिका घर भएका १९ वर्षीय तिलकबहादुर बस्नेत र बागलुङ तमनखोला गाउँपालिका घर भएका २८ वर्षीय दीपक गोतामे रहेका छन। कागसहित पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको प्रहरीको भनाइ छ ।

 



प्रतिक्रिया दिनुहोस !