१४ बैशाख २०८१, शुक्रबार

आज २०७७ पौष १९ आइतवारको राशिफल



आज २०७७ पुस १९ गते शनिबार । ज्योतिष शास्त्रमा अनुसार तपाईको आजको दिन यस्तो रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)


आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । आफन्त वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)


आज शत्रुपक्ष र रोगबाट छुटकारा मिल्ने समय छ । यात्रामा विशेष लाभ मिल्ने देखिन्छ । शेयरको कारोवारमा समेत सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)


बौद्धिक काममा सफलता मिल्नेछ । धार्मिक कार्य सफल रहनेछन । प्रेम सम्बन्ध कसिलो होला । अधुरो काम पूरा हनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)


अनुहारमा कान्ति र मनमा शान्ति छाउला । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

बोलीको प्रभाव पनि बढ्नेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पुरा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)


नयाँ कार्यको योजना बन्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)


आज शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव समेत प्राप्त हुनसक्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)


सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।
आज आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योगछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)


नाक तथा घाँटीमा समस्या आउला ।राजनैतिक कार्यमा बाधा आउनेछ । सामान हराउन पनि सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)


क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । अभिभावकको सुझावले उचाइमा पुर्‍याउन सहयोग गर्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)


कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)


आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।



प्रतिक्रिया दिनुहोस !