११ बैशाख २०८१, मंगलवार

भोलि तीन बजेसम्म बाग्मती प्रदेशको मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान



काठमाडौं । बाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि बिहीबार अपरान्ह ३ बजेसम्म प्रदेश सभाका दलहरुलाई आह्वान गरिएको छ ।

अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी गर्न प्रदेशसभाका दलहरुलाई आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुनुअघि नै उनले बुधबार राजीनामा दिएकी थिइन् । सत्तारुढ दल एमाले विभाजित भएपछि शाक्य स्पष्ट अल्मतमा परेकी थिइन् ।

 

 



प्रतिक्रिया दिनुहोस !