११ बैशाख २०८१, मंगलवार

खुकुरी प्रहारबाट एक गम्भीर घाइते



संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-२ दिदिङमा खुकुरी प्रहारबाट एक जना घाइते भएका छन् ।

घाइते हुनेमा चिचिला गाउँपालिका-२ दिदिङका ५० वर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानाएको छ । बिहीबार साँझ ७ बजेतिर सामान्य विवाद हुँदा सोही ठाउँका ३० वर्षीय दिनेश राईले खुकुरी प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका हुन् । खुकुरी प्रहारबाट गुरुङको टाउको,आँखा र शरीरको विभिन्न भागमा चोट लागेको जानकारी छ।गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल संखुवासभामा उपचार हुन सकेपछि थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ ।

खुकुरी प्रहार गर्ने राई फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरी निरिक्षको कमान्डमा प्रहरीको टोली घटनास्थल पुगेको छ



प्रतिक्रिया दिनुहोस !