८ बैशाख २०८१, शनिबार

सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं। सरकारले आज रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले खाना पकाउने ग्याँस सहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकोले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु. १३३ कायम गरेको छ । त्यसैगरी डिजेल,मट्टितेलको मूल्य प्रतिलिटर रु ३ ले बढेर रु ११६ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ पुगेको छ । एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु. ५० वृद्धि गरी १ हजार ५०० कायम गरिने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !