११ बैशाख २०८१, मंगलवार

को हुन् ‘मिस युनिभर्स नेपाल २०२१’



काठमाडौं । दोस्रो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले हात पार्न सफल भएकी छिन् । शनिबार राजधानीको होटल याक एन्ड यतिमा भएको फाइनलमा १५ प्रतियोगीलाई पछि पर्दै सुजिताले उपाधि हासिल गरेकि हुन् ।

उपाधि हासिल गर्न सफल सुजिताले १० लाख नगदसहित हिरा जडित ताज पहिरिएकी छिन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् । दोस्रो संस्करणको मिस युनिभर्स नेपाल विजेता बन्न सफल सुजिताले आगामी डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स’ मा नेपालबाट प्रतिनिधित्व जनाउने छिन् ।

विजेता सुजितासँगै निनाकान्ता मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, तिक्षा महरा क्षेत्री थर्ड रनरअप र डा. केशु खड्का फोर्थ रनरअप भएका छन् । प्रतियोगीको निर्णायकमा गायिका इन्दिरा जोशी, मानसी अग्रबाल, सरिता ज्ञावलीलगायत रहेका थिए ।



प्रतिक्रिया दिनुहोस !