७ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीश जबराविरुद्ध आज पनि कानून व्यवसायीहरुको आन्दोलन जारी



 

काठमाडौं । सर्वोच्च बारका कानून व्यवसायीहरुले आज पनि आन्दोलन जारी राखेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै सर्वोच्चका न्यायाधीशले इजलाश बहिस्कार गरिरहेका बेला बारले कालो पट्टी बाँधेर आन्दोलन गरेको हो ।

उनीहरुले प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्च अदालतमै विरोध प्रदर्शन गरेका थिए । आज दोस्रो दिन पनि अधिवक्ताहरुले कालो पट्टी बाँधेर जबराको राजीनामा माग गरिरहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !