१९ बैशाख २०८१, बुधबार

भाइटीकाको उत्तम साइत कति बजे त !



काठमाडौँ। यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११:२ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

उत्तम साइतमा टीका लगाउन नभ्याए १२ बजेभित्र टीका लगाउन सकिनेछ । शास्त्रकाअनुसार मनुष्यको पूजा मध्यान्नकाल भित्रै गर्नुपर्ने उल्लेख भएकाले सकेसम्म १२ बजे भित्रै भाइटीका लगाउदा राम्रो ।

यो समयमा पनि टीका लगाउन नभ्याए दिनभरि नै लगाउन सकिन्छ । यसपालिको तिहार पर्सिदेखि सुरु हुँदैछ । यसपालि तिथि घटबढ भएकाले काग तिहार र कुकुर तिहार एकै दिन परेको छ ।पर्सि बिहान कागको पूजा गरेपछि कुकुरको पूजा गर्नुपर्ने छ।



प्रतिक्रिया दिनुहोस !