८ बैशाख २०८१, शनिबार

सीता एयरको जहाज दुर्घटना



काठमाडौं । सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किए पछि दुर्घटनामा परेको हो ।

आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । जहाजको अगाडिको र पछाडिको टायरको बीच भागमा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ । जहाजले १४ यात्रु र कार्गो बोकेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !