२० बैशाख २०८१, बिहीबार

ओलीले गरे चितवनस्थित राममन्दिरको दर्शन



चितवन। नेकपा एमालेका अध्यक्ष केपी ओलीले माडी अयोध्याधामस्थित राममन्दिरमा पूजा एवं दर्शन गरेका छन्। ओलीले मूर्तिहरुमा पूजा गर्नुका साथै मन्दिरको परिक्रमा गरेका हुन्। राममन्दिरको स्थलगत अवलोकनका लागि आएका ओलीले पूजा गरेका हुन्।

माडी नगरपालिका-९ अयोध्याधाममा अस्थायी मन्दिर निर्माण गरिएपछि पहिलोपटक ओलीले स्थलगत अवलोकन गरेका हुन्। अयोध्याधाममा ओलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए। ओलीले स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। दुई दिने कार्यक्रममा सहभागी हुन सोमबार चितवन आएका ओलीले आफू प्रधानमन्त्री भएका बेला यहाँ भगवान रामको जन्म भएको र यसै ठाउँमा राममन्दिर निर्माण गरी राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशन दिएका थिए।

गएको वैशाख ८ गते राम मन्दिरमा मूर्ति स्थापना गरिएको हो। प्रचण्डले भने ओलीले आफूलाई प्रहार गर्नकै लागि माडीमा राममन्दिर बनाएर मूर्ति स्थापना गर्न लगाएको आरोप लगाउने गरेका छन्।



प्रतिक्रिया दिनुहोस !