८ बैशाख २०८१, शनिबार

रुपन्देहीको सलाई उद्योगमा आगलागी



काठमाडौं। रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ मा रहेको महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको छ ।

गएराति ८ बजे सेमलार पश्चिम कर्साघाटस्थित महालक्ष्मी सलाई उद्योगमा आगलागी भएको रुपन्देहीका प्रहरीले जानकारी दिए।

उनका अनुसार बुटवलसहित विभिन्न पालिकाबाट दमकलहरु मगाइ सुरक्षा निकाय , जनप्रतिनिधि र सर्वसाधारणको पहलमा राति नै आगो नियन्त्रणमा आएको थियो । तर क्षतिको विवरण भने अझै आइसकेको छैन ।

 

 



प्रतिक्रिया दिनुहोस !