१६ चैत्र २०८०, शुक्रबार

भरतपुरमा आठ वर्षीय बालकको घरको गेटले किचेर मृतु



चितवन। भरतपुर महानगरपालिका–११ विशाल चोकको आठ वर्षीय बालकको गेटले किचेर ज्यान गएको छ ।

गेटमा खेल्ने क्रममा आफ्नै घरको गेटले किचेर स्थानीय अमृत अधिकारीका छोरा एरिस अधिकारीको कात्तिक १८ गते तिहारको लक्ष्मी पूजाको दिन साँझ ज्यान गएको हो । उनलाई गेटले किच्नासाथ चितवन मेडिकल कलेजमा लगिएपछि उपचारको क्रममा मृत्यु भएको हो ।

तनहुँको डुम्रे भन्सार स्थायी बासिन्दा रहेका मृतक बालक बुबा, आमा दुवै वैदेशिक रोजगारीको क्रममा जापान गएपछि विशाल चोकमा मामाघरमा बस्दै आएको स्थानीयले जानकारी दिए । सो गेट बनाएको धेरै समय नभएकोले बनाउँदा कमसल बनाएको कारण बालकको ज्यान गएको स्थानीयले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !