१४ बैशाख २०८१, शुक्रबार

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ



काठमाडौं। धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा सबैला नगरपालिका–३ का ३५ वर्षीय श्रीमान् लालबाबु साफी पक्राउ परेका छन्।

साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ। लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ। यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिए। घटनामा संलग्न भएको आरोपमा लालबाबुका परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान जारी छ।



प्रतिक्रिया दिनुहोस !