१२ बैशाख २०८१, बुधबार

चितवनको रत्ननगरबाट १८४ किलो लागु औषध बरामद (फोटो सहित)



चितवन । चितवनको रत्ननगरबाट प्रहरीले अबैध लागु औषध चरेश बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगरपालिका–३ शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइराखेको एक सय ८४ किलो ३५० ग्राम चरेश बरामद गरेको हो ।

चेयनपरासको बट्टामा प्याकेजिङ गरेर राखेको अबस्थामा सो परिणामको चरेश बरामद गरेको प्रहरीले जनाएको छ । १९२ वटा बट्टामा ३२ वटा कार्टुनमा प्याकेजिङ गरेर राखेको अवस्थामा चरेश बरामद गरेको हो । रत्ननगर–१५ माधवपुरका उद्धब अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।

 

गोदाममा चरेश रहेको जानकारी अधिकारीले नै प्रहरीलाई दिएको जनाइएको छ । उद्यपी प्रहरीले सम्पूर्ण जानकारी सार्वजनिक गरिसकेको छैन् । अवैध लागुऔषध चरेशको कारोबारमा संलग्न रहेको आशंकामा टाँडी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।



प्रतिक्रिया दिनुहोस !