७ बैशाख २०८१, शुक्रबार

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु



काठमाडौं। बारामा मोटरसाइकल दुर्घटनामा परेर २ युवकको मृत्यु भएको छ ।

बाराको कोहल्वी तामागढी सिम्रौनगढ सडक खण्डमा भएको दुर्घटनामा परेर २ युवकको ज्यान गएको हो । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार ३ जना सवार ना. ४३ प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा कोहल्वी १ बस्ने धर्मेन्द्र चौधरीका २० वर्षीय छोरा सागर चौधरी र सोही ठाउँका मदन चौधरीका १९ वर्षीय छोरा सुशील चौधरीको मृत्यु भएको हो। शनिबार राती साढे ८ बजे मोटरसाइकलमा सबार युवकहरू बटौलियाको बर्थिङ्ग सेन्टरको ढोकामा ठोकिएका थिए ।

सोही क्रमममा युवकको ज्यान गएको प्रहरीले जानएको छ । मोटरसाइकलमा सवार कोल्हवी ९ का २५ वर्षीय अशोक चौधरी गम्भीर घाइते भएको प्रहरीको भनाई छ । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !