१२ बैशाख २०८१, बुधबार

शीतलहरका कारण जनजीवन कष्टकर बन्दै



कैलाली । विगतमा जस्तै यस वर्ष पनि जाडो याममा तराईमा देखिने शीतलहरको समस्या देखिन थालेको छ।

कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो ।

शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । चिसोवाट वृद्धवृद्धा, बालवालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् ।

पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला कैलाली, कञ्चनपुरलगायतका जिल्ला कुहिरो र हुस्सुले ढाकिने गर्छन् । दिनभरी नै लाग्ने बाक्लो हुस्सुले घाम नझुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहन्छ ।



प्रतिक्रिया दिनुहोस !