१२ बैशाख २०८१, बुधबार

बारको धर्ना जारी, प्रधानन्यायाधीशले तोके ९ इजलासमा १८६ मुद्दा पेसी



काठमाडौँ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ ।

बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश राणाले बुधबारका लागि ९ इजलास गठन गरेका छन् । ती इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ।

राणाको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वाेच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन् । संवाद र वार्ताबाट समाधान खोज्न राणाले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै राणाकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् ।

कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर राणाको राजीनामा मागिएको हो ।



प्रतिक्रिया दिनुहोस !