३ बैशाख २०८१, सोमबार

लोप हुँदै गिद्ध, संरक्षणमा यस्तो चुनौति



काठमाडौं। विश्वमै लोपोन्मुख पंक्षी गिद्धको संरक्षण चुनौतिपूर्ण बन्दै गएको छ । परम्परागत बासस्थान विनाश हुनु, आहारविहार र चरनको अभावमा गिद्ध दिन प्रतिदिन संकटमा पर्दै गएको छ ।

गिद्धहरुलाई आवश्यक पर्ने वातावरण र गिद्धका लागि चाहिने सुरक्षित बाँसस्थानको अभाव हुँदा पछिल्ला केहि वर्ष यता गिद्ध लोप हुने अवस्थामा पुग्न थालेको गिद्ध संरक्षणकर्मीहरुले बताएका छन् । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थलाई आहारा बनाउने गिद्ध अहिले मासीदै जान थालेपछि वातावरणमासमेत प्रभाव पर्न थालेको छ । वरपरको वातावरणलाई प्रदुषित, दुर्गन्धित र रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने गिद्धलाई संरक्षणकर्मीहरुले प्रकृतिको कुचिकारको रुपमा पनि मान्दछन् ।

गिद्धका बाँसस्थान विनाशहुनु र उनीहरुको आहारमा पनि विषादी जन्यपदार्थ मिसिने भएकोले प्रत्यक्षरुपमा असर गर्दा गिद्ध संरक्षणमा ठूलो चुनौती देखा परेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर रामचन्द्र कंडेलले केहि वर्ष अघि संरक्षणमा रहेका गिद्धहरुलाई उचित बाँसस्थान र वातावरण नहुँदा यसको संरक्षणमा धेरै चुनौती खडा भएको बर्ताएका छन् ।

नवलपुरको कावासोतीको पिठौलीमा गिद्ध संरक्षणका लागि स्थापना गरिएको जटायु रेष्टुरेण्टमा पनि अहिले गिद्ध संरक्षका लागि समस्या आएको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिले जनाएको छ । जटायु रेष्टुरेण्टमा मुस्कीलले ३ सय ३४ वटा गिद्ध मात्र संरक्षणमा रहेको छ । गिद्धले मरेका पशुहरुलाई आहारा बनाउने गर्दछ । तर, आजभोली पशुलाई विभिन्न औषधी खुवाउँदा यसको असर गिद्धमा परेको कारण गिद्धको आहार पनि उपयुक्त छैन ।

विश्वलेसमेत प्रकृतिको कुचिकारका रुपमा लिएको गिद्ध संरक्षणमा देखिएको चुनौतीले यसको संरक्षणमै ठुलो समस्या देखा पर्न थालेको छ । यसको संरक्षणमा देखिएका चुनौतिलाई चिर्दे अगामी दिनमा गिद्ध संरक्षणकालागि सरकार र नीजि क्षेत्रको सहकार्य आवश्यक देखिन्छ । त्यसैले यसको संरक्षणका लागि गिद्धलाई उपयुक्त हुने वतावरण र यसको खानपीन र बाँसस्थानमा ध्यान दिन आवश्यक देखिन्छ ।

 



प्रतिक्रिया दिनुहोस !