२१ बैशाख २०८१, शुक्रबार

दोहोरो अंकले घट्यो शेयर बजार



काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

आज शेयर बजार मापक नेप्से परिसूचक ३२.३९ अंकले घट्दै २७६९.१३ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर मापक सेन्सेटिभ परिसूचक ४.२५ अंकले घट्दै ५२१.१९ विन्दुमा झरेको छ ।

कुल २ सय २४ कम्पनीको ९८ लाख ६२ हजार ९ सय ४० कित्ता शेयर ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २२९ रुपैयाँ बराबरमा किनबेच भएको छ । यस दिन २ कम्पनी मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भई सकारात्मक सर्किट ब्रेक लागेको छ ।

 



प्रतिक्रिया दिनुहोस !