१२ बैशाख २०८१, बुधबार

आज ५८० वर्षयताकै लामो चन्द्रग्रहण लाग्दै, कन कुन राशीका व्यक्तिले हेर्दा हुन्छ फलिफाप ?



काठमाडौं। यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण नोभेम्बर १९ अर्थात आज लाग्दैछ । मंसीर ३ गते अर्थात आज लाग्ने चन्द्रग्रहण यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण मात्रै नभई पछिल्लो ५ सय ८० वर्षमा नै पहिलोपटक यति लामो चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ ।

विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ ।

यो पटक कार्तिक पूर्णिमा अर्थात् आगामी नोभेम्बर १९, २०२१ (मंसीर ३) मा लाग्ने चन्द्रग्रहण ५ सय ८० वर्षकै सबैभन्दा लामो खण्डग्रास चन्द्र ग्रहण हो । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । सन् २०२१ को नोभेम्बर १९ पछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । दिउसो करीब साढे १ बजे ग्रहण उच्च बिन्दुमा पुग्नेछ ।

यो चन्द्रग्रहणमा विशेषगरी ५ राशि हुनेहरुलाई फलिफाप हुनेछ। पहिलो राशी हो मेष राशि, दोस्रोमा कन्या राशि, तेस्रोमा तुला राशि, चौथोमा कुम्भ राशि र पाँचौंमा मीन राशि।

यी ५ राशि हुनेहरुको पराक्रममा वृद्धि हुनेछ, धन दौलत, सुख प्राप्त हुनेछ। नयाँ कृतिस्वपनि प्राप्त गर्नेछन्। ग्रहण लागेका ठाउँहरुमा उक्त राशि हुनेहरुलाई विशेष फल प्राप्त हुनेछ।



प्रतिक्रिया दिनुहोस !