१५ चैत्र २०८०, बिहीबार

सुँड नभएपछि मर्‍यो हात्तीको बच्चा



इन्डोनेसिया। इन्डोनेसियामा शिकारीको जालमा फसेको हात्तीको सुँड काटिएपछि मृत्यु भएको छ। सुड काटिएको हात्तिको संक्रमणका कारण मृत्यु भएको हो।

सुमात्रान हात्तीको एक वर्षको बच्चा थियो र शिकारीको जालमा फसेको कारण आफ्नो बथानबाट अलग भएको थियो। आचेजया प्रान्तका गाउँलेहरूले हात्तीको बच्चा देखेर उपचारका लागि पशु संरक्षण निकायलाई बुझाएका थिए । संरक्षण निकायका अधिकारीहरूले बच्चालाई बचाउन हात्तीको सुँड आधा काटेको तर चोटका कारण संक्रमण फैलिएको दुई दिनमै मृत्यु भएको बताएका छन्।

इन्डोनेसियाको बोर्नियो र सुमात्रा जंगलमा पाइने सुमात्रा हात्तीलाई लोपोन्मुख जनावरहरूमा लिइन्छ। वन फँडानीका कारण उनीहरूको संख्या निरन्तर घट्दै गएको छ।

यसबाहेक दाँतका लागि भाले हात्तीको शिकारका कारण पनि संख्या घट्दै गएको छ। यस हात्तीको दाँत अवैध रूपमा बेचिन्छ। यो वर्षको जुइलाइमा इन्डोनेसियामा एक वयस्क हात्तीको शव जंगल नजिकै भेटिएको थियो। उक्त हात्तीको दाँत चोरी गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !