१९ बैशाख २०८१, बुधबार

बागमती प्रदेश यु–१९ टिममा चितवनका ६ खेलाडी



चितवन। वाईवाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा गरिएको छ ।

बागमती प्रदेश क्रिकेट संघले आज (शनिबार) चितवनका ६ जना खेलाडीलाई समेट्दै बागमती प्रदेशको टिम घोषणा गरेको हो । संघले १४ सदस्यीय मुख्य टोली र ४ जना रिजर्भ खेलाडी गरि १८ जना छनोट गरेको हो ।

टिमको कप्तानमा प्रतिश जिसीलाई चयन गरिएको छ भने उपकप्तानमा चितवनका कप्तान समेत रहेका गौतम केसीलाई चयन गरिएको छ । बागमती प्रदेश छनोटमा प्रतियोगिताको उत्कृष्ट व्याटर तथा इमर्जिङ प्लेयर भएका सुर्यान्सु कोइरालासहित चितवनका स्वप्निल सिह अधिकारी, प्रतिक श्रेष्ठ र विशाल यादव टिममा परेका छन् ।

यस्तै चितवनका प्रशान्त महत भने रिजर्भ प्लेयरमा छनोट भएका छन् । बागमती प्रदेश टिमको प्रशिक्षकमा सञ्जय महर्जन रहेका छन् भने टिम व्यवस्थापकमा चितवनका अनिल अधिकारी रहेका छन् । बागमती प्रदेश छनोट प्रतियोगितामा ललितपुरलाई हराउँदै चितवनले उपाधि जितेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !