११ बैशाख २०८१, मंगलवार

थ्रेसरले च्यापेर बालकको मृत्यु



वीरगञ्ज । पर्सामा धान झार्ने थ्रेसरले च्यापेर ८ वर्षीय बालकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका- ६ माधवपुर बस्ने भुटेश्वर साहको छोरा ओमबाबु साहको मृत्यु भएको हो ।

शनिबार राति साढे ८ बजे ना ६ त ५०४५ नं. को ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिएर ओमबाबुलाई किचेको थियो । थ्रेसरले च्यापेर गम्भीर घाइते भएका ओमबाबुलाई उपचारको लागि तराई अस्पताल ल्याइएको थियो । उपचारको क्रममा राति साढे ९ बजे बालकलाई अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

ओमबाबुको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले थ्रेसर र ट्याक्टर नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । चालकको खोजी भने जारी नै छ ।

 



प्रतिक्रिया दिनुहोस !