११ बैशाख २०८१, मंगलवार

लागूऔषध सहित एक युवक पक्राउ



वीरगञ्ज । पर्साबाट प्रहरीले १ हजार ३५० थान लागूऔषध सहित धोविनी गाउँपालिका-२ बस्ने २६ वर्षीय दिवाकरकुमार साहलाई पक्राउ गरेको हो ।

ना ४५ प ११६४ नम्बरको मोटरसाइकलमा भारतबाट भिश्वा नाका हुँदै नेपालतर्फ आउँदै गरेका साहको साथबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानएको छ । लागूऔषध सहित पक्राउ परेका युवकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

साहले चलाएको मोटरसाइकलबाट नुर्फिन, डाइजेपाम र प्रोमी फाइजाम हाइड्रोक्लोराइड ४५० र ४५० थान गरी एक हजार ३५० थान लागूऔषध बरामद भएको इलाका प्रहरी कार्यालयले जानएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि बसेका अर्का एक युवक भने भाग्न सफल भए। नियमित चेकजाँचको क्रममा प्रहरीले शनिबार भिश्वा नाकामा ड्युटीमा खटाएको थियो । चेकजाँचका क्रममा साँझ साढे ६ बजेतिर एउटा मोटरसाईकलमा दुई जना युवक आइरहेका थिए । प्रहरीलाई देख्ने वित्तिकै मोटरसाइकलको गति बढाएर उनीहरू भाग्न खोजे ।

शंका लागेपछि प्रहरीले अर्को बाइकमा लिफ्ट मागेर पछ्याएको थियो । छिपहरमाई गाउँपालिका-४ भिश्वा वञ्जारी नजिकैको झोलुंगे पुलको जाममा गएर बाइक अड्कियो ।

पछाडि बसेका व्यक्ति झोला छोडेर भाग्न सफल भए । तीनिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !