११ बैशाख २०८१, मंगलवार

ब्राउन सुगर लागूऔषधसहित २ जना पक्राउ



जनकपुरधाम । सिरहा प्रहरीले ब्राउनसुगर लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

नरहा गाउँपालिका वडानम्बर ३ स्थित डण्डाटोल जाने बाटोबाट सोही ठाउँका २१ वर्षीय इन्दलकुमार यादव तथा २० वर्षीय कपिल महरालाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

दुवैको साथबाट ४ ग्राम, ५० मिलिग्राम ब्राउनसुगर र नाइट्रोभेट टेन लेखिएको दुई वटा ट्याब्लेट बरामद भएको छ ।

पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय गोलबजारको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !