२० बैशाख २०८१, बिहीबार

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम निरन्तर घट्दै



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा समान्य वृद्धि भएको छ ।

सोमबार बजार परिसूचक नेप्से ७.९० अङ्कको वृद्धि हुँदा २७६५.४४ अङ्कमा बन्द भएको छ । नेप्से परिसूचकमा वृद्धि भएपनि कारोबार रकम भने निरन्तर ओरालो लाग्दै गएको छ । आइतबार ४ अर्ब ३५ करोडको कारोबार भएको बजारमा आज कारोबार रकम ४ अर्ब पनि पुग्न सकेन ।

आज बजारमा ७५ लाख ६५ हजार ५१० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९२ करोड ९१ लाख ६२ हजारको कारोबार भएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !