२० बैशाख २०८१, बिहीबार

गुडिरहेको बसमा आगलागी, ४५ जनाको मृत्यु



एजेन्सी, ७ मंसिर । बुल्गेरियामा गुडिरहेको बसमा आगलागी हुँदा ४५ जानको मृत्यु भएको छ ।

राजधानी सोफिया भन्दा दक्षिण पश्चिममा रहेको बोस्नेक गाँउ नजिकै उक्त दुर्घटना भएको हो । स्थानिय समय अनुसार मंगलबार बिहान दुई बजे गुडिरहेको बसमा अचानक आगो लागेको स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकाशं बालबालिका रहेका जानकारी प्राप्त भएको छ ।

आगलागी भएको बस टर्की बाट उत्तरी मेसेडोनियाका लागि छुटेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !